परिचय

नेपाल एक बहु-भाषिक, बहु जाति तथा बहु धार्मिक राष्ट्र हो । यहाँका आदिवासी जनजातिहरू मध्ये मध्य-पुर्विया थारु जाति पनि एक हो । यस देशमा मध्य-पुर्विया थारु जाति पूर्व झापादेखि पश्चिम पर्सासम्म बसोबास गर्दै आइरहेको छ। नेपालमा थारुहरू आफ्नै मातृभाषाबाट परिचित छन् तर राज्यबाट मध्य-पुर्विया थारु जातिको पहिचान हुन नसक्ने विडम्बना छ। थारुहरूको आफ्नै छुट्टै मातृभाषा, कला संस्कृति, परम्परा, धर्म, भेषभुषा, रहनसहन, मूल्यमान्यता रहेको छ। मध्य-पुर्विया थारुहरूको जनसङ्ख्या करिब १,५३०,००० भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ।