थारुहरूको मुख्य पेशा कृषि र खेतीपाती भएकोले यसबाट जीवन गुजारा गर्न मुस्किल भइरहेको छ । थारुहरू विशेष गरि कृषि व्यवसाय तथा पशु पालनमा आफ्नो जीवन निर्वाह गरेको पाइन्छ। विशेष गरि थारुहरू धान र गहुँ बालीलाई नगदे बालीको रूपमा लिन्छन्। थारु मानिसहरू जेष्ठ देखि श्रावन सम्म धान खेती र मङ्सिर र पुसमा गहुँ खेतीपाती लगाउने सिजन भएकोले एकदम व्यस्त हुन्छ। थारुहरूको मुख्य पेशा खेतीपाती विशेष गरेरमकै, सनपाट(जुट), मसुरो, मासको दाल , मुङ्गको दाल , उखुपनि मुख्य बालीको रूपमा मानिन्छ। साथै आलु, मुला, तोरी, साग, घिरौला, बोडी, लौका, फर्सी, काउली, बन्दा कोभी, भिन्डी र बैगुन जस्ता विभिन्न तरकारी र अन्य चिजवीजहरू पनि लगाउने गर्छन्। धान गहुँ बेचेर आफूलाई आवश्यक परेका अन्य सामग्रीहरू किन्छन्।
थारुहरूले पहिला पहिला धेरै किसिमका खेतीपाती र पशु, गाई, भैंसी, भेडा, बाख्रा, घोडा, हरिन, हात्ती पाल्ने गर्दथ्यो। थारु पुरूषहरू गाई, भैसी र बाख्रा पाल्ने र महिलाहरूले दुध, दहि,र घ्यू बनाएर बेचने काम गर्दथ्यो। हाल आएर भेडा हात्ती घोडा र हरिन छोडेर भाख्रा, खसी, गाई, र भैंसीहरू मात्र पाल्ने गर्दछन्। तर अहिलेको अवस्थामा आएर थारु युवाहरूले विभिन्न किसिमका नोकरीहरू पनि गर्न थालेका छन्। युवा युवतीहरू वैदेशिक रोजगारमा पनि संलग्न रहेको पाईन्छ। केही थारु युवाहरू नेपाल आर्मी, नेपल प्रहरी, खरदार, सुब्बा, र विभिन्न सरकारी तथा संघ संस्थाहरूमा समेत समावेश भएका छन्। तर आहिलेका थारुहरूलाई खान लाउन, जीवन चलाउन खासै समस्या देखिंदैन। थारुहरूको आफ्नो क्षेत्रमा जग्गा जमिन प्रशस्त मात्रामा रहेको तर ती जग्गाहरूको सही तरिकाले उपयोग गर्न सकेको अवस्था छैन।
जग्गा जमिनको सही तरिकाले उपयोग गरे थारुहरूले प्रशस्त मात्रामा आम्दानी लिन सक्ने स्थिति रहेको छ। थारुहरू आफूले कमाएको पैसा व्यापार, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानी गर्न चाहँदैनन्। त्यही भएर थारुहरूमा उच्चशिक्षा धेरै मात्रामा भएको देखिंदैन अर्थात् उच्चशिक्षा प्राप्तीमा कमी छ।