शैक्षिक अवस्था

थारु समुदायमा शिक्षा क्षेत्रमा धेरै व्यक्तिले प्रगति गरेको पाइँदैन। थारुहरूको निम्ति स्कूल कुनै ठाउँमा नजिक त कुनै ठाउँमा टाढा भएकोले कुनै ठाउँमा शिक्षित र कुनै ठाउँमा चेतनाको कमी भएकाले उच्च शिक्षा हासिल गरेको व्यक्तिहरू कम रहेको पाइन्छ। कुनै कुनै ठाउँमा थारु केटाकेटीहरूलाई १० वर्ष नपुगेसम्म नेपाली भाषा बोल्न आउँदैन र स्कूलमा नेपालीमा मात्र पाठयक्रम भएकोले तिनीहरू ५ देखि ८ वर्ष देखि मात्र स्कूल पढ्न थाल्छन्।

थारुहरूको बसोवास रहेको गा.वि.स. मा माध्यमिक वा उच्चमाध्यमिक विद्यालय भएपनि हाल सम्म थारुहरूको बस्तीमा २३ गाउँमा उच्चमाध्यमिक ५, माध्यमिक ३, निम्नमाध्यमिक १ र प्राथमिक १३ मात्र छ। जसमा १३३ जना थारु शिक्षकहरू अस्थायी निजी कोटाको रूपमा र बाल कोटाको रूपमा अध्यापन गराइरहेका छन् ।